स्रष्टा अभिनन्दन तथा पुरस्कार वितरण समारोह अन्तर्गत अभिनन्दित व्यक्तित्व एवम् मदन पुरस्कार २०७८ का विजेता डा. नवराज लम्सालसँग अन्र्तक्रिया गर्दै साहित्यकार रमेश अधिकारी
तीन दिवसीय चित्रकला प्रशिक्षण तथा दुई दिवसीय छन्द कविता लेखन प्रशिक्षण कार्यक्रमपछि लिइएको सामूहिक तस्बीर
नीलकण्ठ प्रज्ञा प्रतिष्ठान अन्तर्गतको परिषद्को पहिलो बैठक
नीलकण्ठ प्रज्ञा प्रतिष्ठान अन्तर्गतको परिषद्को पहिलो बैठक
नीलकण्ठ प्रज्ञा प्रतिष्ठान अन्तर्गतको परिषद्को पहिलो बैठक
नीलकण्ठ प्रज्ञा प्रतिष्ठान अन्तर्गतको परिषद्को पहिलो बैठक
नीलकण्ठ प्रज्ञा प्रतिष्ठान अन्तर्गतको परिषद्को पहिलो बैठक
तीन दिवसीय चित्रकला प्रशिक्षण तथा दुई दिवसीय छन्द कविता लेखन प्रशिक्षण कार्यक्रमपछि लिइएको सामूहिक तस्बीर
Image Four
Image Three
Image Two
Image One
नीलकण्ठ प्रज्ञा प्रतिष्ठान
नीलकण्ठ नगरपालिकाभित्र रहेका भाषा, साहित्य, कला, सङ्गीत, संस्कृति, ज्ञानविज्ञान, प्रविधि समाजशास्त्र र दर्शनशास्त्रको सम्वद्र्धन, विस्तार र विकास गरी यसको बहुलतालाई सवलीकरण गर्न नीलकण्ठ प्रज्ञा प्रतिष्ठान गठन भएको छ । यस नगरपालिकाभित्र रहेका सम्पदाहरुको अध्ययन, अन्वेषण गर्न, मौलिकता बनाउने उचित वातावरणको सिर्जना गर्न, विद्वान एवम् प्रतिभाहरुको सम्मान गर्न, सिर्जनात्मक र रचनात्मक कार्यमा सहभागिता बढाउन गतिविधिहरु सञ्चालन गर्न यो संस्था स्थापित भएको हो । यसका काम, कर्तव्य र अधिकार देहाय बमोजिम छन् ।
(१) प्रतिष्ठानको नीति तथा कार्यक्रम तर्जुमा गर्ने,
(२) भाषा, साहित्य, सङ्गीत, कला, संस्कृति, दर्शनशास्त्र, समाजशास्त्र, ज्ञानविज्ञान र प्रविधिको सङ्कलन, संरक्षण, संवद्र्धन तथा अध्ययन अनुसन्धान गर्ने, गराउने,
(३) प्रतिष्ठानका क्षेत्राधिकारभित्रका अनुसन्धानात्मक तथा मौलिक कृति र सिर्जनाको सङ्कलन, प्रकाशन तथा अभिलेखीकरण गर्ने,
(४) बौद्धिक बैंक, ग्यालेरी तथा संग्रहालय स्थापना र सञ्चालन गर्ने,
(५) बौद्धिक बैंकमा जम्मा भएका बौद्धिक सम्पत्तिहरुको आधिकारिकताका लागि प्रचलित कानुनबमोजिम गर्ने,
(६) साहित्यकार, सङ्गीतकार, कलाकार, भाषाविद्, अभियन्ता, संस्कृतिविद्, दार्शनिक, समाजशास्त्री साथै ती क्षेत्रमा विशिष्ट योगदान पु¥याउने संस्थालाई कदर, सम्मान, प्रोत्साहन तथा पुरस्कृत गर्ने,
(७) नीलकण्ठ पुस्तकालय सञ्चालन गर्ने र यसको सञ्चालन प्रकृया तोकिए बमोजिम हुने,
(८) भाषा, साहित्य, सङ्गीत, कला, संस्कृति, दर्शनशास्त्र, समाजशास्त्र, ज्ञानविज्ञान र प्रविधिका क्षेत्रमा अध्ययन अनुसन्धान गर्न विद्वत्बृत्तिको व्यवस्था गर्ने,
(९) भाषा, साहित्य, सङ्गीत, कला, संस्कृति, दर्शनशास्त्र, समाजशास्त्र, ज्ञानविज्ञान र प्रविधिको संरक्षण तथा संवद्र्धनको माध्यमबाट स्थानीय तह, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रसँग परिचित हुने र गराउने,
(१०) सम्बन्धित विषयमा स्थानीय, प्रदेश, राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा गोष्ठी, कार्यशाला, सम्मेलन, प्रदर्शनी, महोत्सव तथा प्रतियोगिता आयोजना गर्ने गराउने, सहभागी हुने साथै अवलोकन एवम् सिर्जनात्मक भ्रमणको आयोजना गर्ने,
११) विभिन्न भाषामा लेखिएका उच्चस्तरीय कृति र सिर्जनाहरूको अनुवाद गरी प्रकाशन गर्ने,
(१२) साँस्कृतिक, धार्मिक तथा पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षण र संवद्र्धन गर्ने,
(१३) अग्रजको सम्मान र नयाँ पुस्ताको प्रतिभाको उजागर गर्ने,
(१४) यसै अनुसारका अन्य संघसंस्थासँग नगरपालिकाको समन्वय र सिफारिसमा भाईचारा सम्बन्ध स्थापना र बिस्तार गर्ने तथा पारस्परिक सहयोग आदान प्रदान गर्ने ।
नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका गतिविधि
नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका दृष्यहरू
नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका सुचनाहरू
नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका भिडियाेहरू

नीलकण्ठ प्रज्ञा प्रतिष्ठान अन्तर्गतको परिषद्को पहिलो बैठकमा नगर प्रमुख एवम् नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका संरक्षक भीमप्रसाद ढुंगाना मन्तव्य राख्नुहुँदै
2 months ago

नीलकण्ठ प्रज्ञा प्रतिष्ठान अन्तर्गतको परिषद्को पहिलो बैठकमा अध्यक्ष बद्रीप्रसाद दाहाल धन्यवाद सहित समापन मन्तव्य राख्नुहुँदै
2 months ago

नीलकण्ठ प्रज्ञा प्रतिष्ठान अन्तर्गतको परिषद्को पहिलो बैठकमा डा. राम थापा क्षेत्री धारणा राख्नुहुँदै
2 months ago

नीलकण्ठ प्रज्ञा प्रतिष्ठान अन्तर्गतको परिषद्को पहिलो बैठकमा राममणि दुवाडी धारणा राख्नुहुँदै
2 months ago

नीलकण्ठ प्रज्ञा प्रतिष्ठान अन्तर्गतको परिषद्को पहिलो बैठकका क्षणमा भजन प्रस्तुत गर्नुहुँदै सदस्य भगवती भण्डारी उप्रेती
2 months ago
