नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले २०८१ ज्येष्ठ २९ गते आयोजना गरेको बागमती प्रदेशस्तरीय खुला कविता प्रतियोगिता, पुरस्कार वितरण समारोह तथा सम्मान समर्पण कार्यक्रम नीलकण्ठ नगरपालिकाका नगर प्रमुख तथा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका संरक्षक भीमप्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । नीलकण्ठ नगरपालिकाको सिटी हलमा संचालित यस कार्यक्रममा बागमती प्रदेशस्तरीय खुला कविता प्रतियोगितामा छनोट परेका पाँच उत्कृष्ट कविता वाचन गरी कविहरुलाई नगद र प्रमाण पत्र सहित सम्मान गरियो । कविताको पहिलो चरणमा परीक्षण गरी पाँच उत्कृष्ट छनोट गर्न डा. डा. बलदेव शर्मा अधिकारीको संयोजकत्वमा प्रा. डा. लेखप्रसाद निरौला र प्रभा भट्टराइ गरी तीन सदस्यीय मूल्याँकन समूह बनाइएको थियो भने वाचन परीक्षणमा डा. डा. बलदेव शर्मा अधिकारी र केशव दुवाडी हुनुहुन्थ्यो ।
नीकलण्ठ प्रज्ञा प्रतिष्ठानले स्रष्टा सम्मान, पुरस्कार र प्रोत्साहन तथा अनुसन्धानवृत्ति कार्यविधि २०८० कार्यान्वयनमा समेत ल्याएको छ । भाषा र साहित्यमा योगदान दिनुहुने डा. बलदेव शर्मा अधिकारीलाई भैरवी प्रज्ञा सम्मान २०८१ र शंखादेवी ज्यामरुङ दरबार पञ्चेबाजा समूूहलाई संगीत र कलाका क्षेत्रमा पुर्याएको योगदानस्वरुप नीलकण्ठ प्रज्ञा सम्मान २०८१ र झिँगु नेवाः समाज धादिङलाई संस्कृति जगेर्ना गरेकोमा धादिङ प्रज्ञा सम्मान २०८१ प्रदान गरियो । कलश जात्रासहित र्यालीबाट सभाहल प्रवेश गरेको झिँगु नेवाः समाजलाई शंखादेवी ज्यामरुङ दरबार पञ्चेबाजा समूूहले गेटमा स्वागत गरी कार्यक्रमस्थल बाजागाजासहित प्रवेश गराएको थियो । झिँगु नेवाः समाजको नाच, धिमे बाजाका प्रस्तुति साथै शंखादेवी ज्यामरुङ दरबार पञ्चेबाजाको प्रस्तुतिले कार्यक्रमको रौनक निकै थपेको थियो । कार्यक्रमको अध्यक्षता नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालले गर्नुभएको थियो । झिँगु नेवाः समाजका अध्यक्ष राजकुमार श्रेष्ठ, शंखादेवी ज्यामरुङ दरबार पञ्चेबाजाका अध्यक्ष रामबहादुर सुन्दासले आफ्ना संस्थाका बारेमा जानकारी राख्नुभएको कार्यक्रममा नगर प्रमुख भीमप्रसाद ढुंगाना, नगर उपप्रमुख दिपक विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले मन्तव्यसहित शुभकामना राख्नुभयो । डिभिजन बन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्यल, कवयित्री कल्पना अधिकारी लगायतले कविता वाचन गर्नुभयो ।
सम्मानित स्रष्टा तथा संस्थाको नाम ठेगाना रकम रु सम्मानको नाम
१. डा. बलदेव शर्मा अधिकारी नीलकण्ठ न. पा. ७ २००८१ भैरवी प्रज्ञा सम्मान २०८१
२. झिँगु नेवाः समाज
नीलकण्ठ न. पा. ३ २००८१धादिङ प्रज्ञा सम्मान २०८१
३. शंखादेवी ज्यामरुङ दरबार पञ्चेबाजा समूूह नीलकण्ठ न. पा. ११ २००८१ नीलकण्ठ प्रज्ञा सम्मान २०८१
विजयी कविहरूको नाम स्थान
१. विजय तामाङ (दाजुलाई सन्देश) थाक्रे गा.पा ३, धादिङ प्रथम
२. उत्तमराज भेटुवाल (म नेपाल लेखूँ) लिखु गा.पा४ नुवाकोट द्वितीय
३. अजय रिसाल (पुपर््ुरोमा हात) ललितपुर तृतीय
३. प्रदिप कोइराला (नदी म) पञ्चकन्या गा.पा २, नुवकोट सान्त्वना
४. रुपक घलान (खर्सानी बारी) मरिण गा.पा ३, सिन्धुली सान्त्वना
समन्धित कार्यक्रम
धादिङबेंसीमा नेपाली समाज र संस्कृतिको संरचना विषयक विद्वत् गोष्ठी सम्पन्न
विहङ्गम दृष्टिमा ‘प्रज्ञा–प्रवाह’ डा. रामहरि शर्मा लम्साल
वर्णोच्चारण र वर्णविन्यासमा आधारित दुईदिने गोष्ठी सम्पन्न
वर्णोच्चारण र वर्णविन्यासमा आधारित दुईदिने गोष्ठी सम्पन्न
नीलकण्ठ प्रज्ञा प्रतिष्ठान अध्ययन भ्रमण २०८०
नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको प्रथम परिषद्को बैठक सम्पन्न