नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले नीलकण्ठ बहुमुखी क्याम्पससँगको सहकार्यमा आज धादिङबेंसीमा नेपाली समाज र संस्कृतिको संरचना विषयक विद्वत् गोष्ठी सम्पन्न भएको छ । भाषा, साहित्य, सङ्गीत, कला, संस्कृति, समाजशास्त्र, दर्शनशास्त्र, ज्ञानविज्ञान र प्रविधिको संरक्षण र उन्नयनका काम गरिरहेको नीलकण्ठ प्रज्ञा प्रतिष्ठान र धादिङ जिल्लाकै पहिलो क्याम्पस नीलकण्ठ बहुमुखी क्याम्पसबीचको प्राज्ञिक अभ्यास गर्ने र समाजमा ज्ञानको दायरा विस्तार गराउने उद्देश्य अनुरुप यो कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङद्वारा प्रवचन गरिएको कार्यक्रममा प्रस्तुति डा. नवीनबन्धु पहाडीले सहजीकरण गर्नुभई पश्चात् श्रोताहरुको जिज्ञासालाई गहन रुपमा छलफल गराई अन्तक्र्रियात्मक बनाउनु भएको थियो । कार्यक्रममा क्याम्पसका प्राध्यापक, विभिन्न विद्यालयका शिक्षक, समाजका अग्रज नागरिक, विभिन्न संघ संस्थाका नेतृत्वकर्ताहरूको सहभागिता रहेको यस कार्यक्रममा आफ्नो प्रस्तुति राख्नुहुँदै डा. गुरुङले समग्र नेपाली समाजको वैभव र विशिष्टतालाई मात्र नभई धादिङ जिल्लाको गौरब गाथा सोदाहरण प्रस्तुत गर्नुहुँदै यसको थप उत्खनन गर्न प्रतिष्ठान लाग्नुपर्ने धारणा राख्नुभयो । नेपाली समाज र संस्कृति आफैंमा समन्यायिक र समावेशी रहेको छ भन्दै डा. गुरुङले सतही र लहडमा सरकारले नीति कार्यक्रम ल्याईरहेकोप्रति आपत्ति समेत जनाउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सांसद गोविन्द लम्सालले कार्यक्रमको प्रभावकारितामाथि खुसी प्रकट गर्दै जिल्लाको सांस्कृतिक पहिचानलाई थप उँचाइ दिन यस्ता कार्यक्रमहरूका निरन्तरताको समेत अपेक्षा राख्नुभएको थियो । नीलकण्ठ नगरपालिकाको सिटी हलमा ४ घण्टासम्म चलेको यस कार्यक्रममा गुरुङ समुदायको संस्कृति झल्कने गरी गुरुङ कलाकारहरूबाट गलबन्दी चिनो बोलको गीत समेत प्रस्तुत गर्नुभएको थियो । नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा नीलकण्ठ बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. मुरारी अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रकाश पौडेलले सञ्चालन गर्नुभएको थियो । २११ औँ भानु जयन्तीको उपलक्ष्यमा आयोजित कार्यक्रममा भाषा र साहित्यको समुचित विकासले मात्र समाजको समृद्धि सम्भव हुने बताइएको थियो ।
भाषा, साहित्य, सङ्गीत, कला, संस्कृति, समाजशास्त्र, दर्शनशास्त्र, ज्ञानविज्ञान र प्रविधिको संरक्षण र प्रवद्र्धनको क्षेत्रमा काम गर्ने नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आफ्नो वार्षिक कार्ययोजना अनुरुप ११५ औं लक्ष्मीजयन्तीको पावन अवसरमा दुई दिवसीय भाषाविज्ञानमा वर्णोच्चारण र वर्णविन्यासको अहं भूमिका विषयक गोष्ठी सम्पन्न गरेको छ ।
नीलकण्ठ नगरपालिका भित्रका विद्यालय, क्याम्पसमा नेपाली विषय अध्यापन गराउनुहुने शिक्षकहरु, नगरपालिकाभित्र रहेका १४ वटै वडा कार्यालयका कर्मचारी तथा धादिङमा कार्यरत पत्रकारहरुलाई लक्षित गरी सञ्चालन गरिएको यस गोष्ठीमा ७६ जनाको सहभागिता रहेको थियो ।
कार्तिक २३ र २४ गते धादिङबेंसीस्थित नीलकण्ठ बहुमुखी क्याम्पसको हलमा भएको यस गोष्ठीमा नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक बिश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो भने नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुबेदीको विशेष आतिथ्यता थियो । भाषाविद्, व्याकरणकार एवं कवि डा. गाउँले बलदेव अधिकारीले प्रशिक्षण गराउनुभएको यस गोष्ठीमा अतिथिहरुमा बासुदेव लम्साल, पत्रकार महासंघ धादिङका सभापति राजाराम शर्मा हुनुहुन्थ्यो । कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि बिश्वकर्माले नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आफ्नो स्थापनाको छोटो समयमा निकै प्रभावकारी कार्यक्रमहरु आयोजना गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै थप कार्यक्रमहरु अघि बढाउन आग्रह गर्नुभयो । साथै सभ्यता र समृद्धिमा नेपाली भाषाको शुद्ध प्रयोगले देशको एकता र पहिचानले उचाइ प्राप्त गर्ने र सोका लागि सबै सहभागीहरुले आफ्नो कार्यक्षेत्रमा सही तवरबाट यसको प्रयोगमा जुट्नुपर्ने धारणा समेत राख्नुभयो । प्रमुख प्रशासकीय अधिकृत सुबेदीले भाषाको गलत प्रयोगले कार्यालयहरुको कार्य सम्पादनमा प्रश्न उठिरहेको हालको सन्दर्भमा यस कार्यक्रमले मार्गदर्शन गर्ने धारणा राख्नुभयो । शुभकामना मन्तव्यका क्रममा अतिथि राजाराम शर्माले भाषाको प्रयोगका सन्दर्भमा सञ्चारकर्मीले समेत धेरै ठाउँमा सच्चिन आवश्यक रहेको र यस गोष्ठीले कार्य क्षमतामा थप सक्षमता बृद्धि गराउने विश्वास समेत लिनुभयो ।
गोष्ठीमा सहभागी सबैलाई स्टेशनरी उपलब्ध गराइएको थियो साथै प्रशिक्षणका क्रममा अध्ययन सामग्री फोटोकपी गरी वितरण गरिएको थियो । स्लाइड सो मार्फत् अन्तरक्रियात्मक रुपमा चलेको यस गोष्ठीमा प्रशिक्षकले उदाहरणहरु प्रस्तुत गरी सहभागीहरुको जिज्ञासा सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको समापनमा विशेष अतिथि नीलकण्ठ बहुमुखी क्याम्सपका क्याम्पस प्रमुख नवराज शर्माले प्रतिष्ठानका गतिविधिहरु निकै प्रभावकारी रहेको र यसले हाम्रो कक्षाकोठाभित्र र बाहिर सबैतिर भाषाका अपचलनहरुमा क्रमश सुधार आउने समेत विश्वास रहेको धारणा राख्नुभयो ।
सबै सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै प्रमुख अतिथि उप मेयर दिपक बिश्वकर्माले सबैलाई शुद्ध भाषिक प्रयोगको शुभकामना दिनुभयो । गोष्ठी नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालको सभापतित्वमा सञ्चालन भएको थियो ।
भाषा, साहित्य, सङ्गीत, कला, संस्कृति, समाजशास्त्र, दर्शनशास्त्र, ज्ञानविज्ञान र प्रविधिको संरक्षण र प्रवद्र्धनको क्षेत्रमा काम गर्ने नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आफ्नो वार्षिक कार्ययोजना अनुरुप ११५ औं लक्ष्मीजयन्तीको पावन अवसरमा दुई दिवसीय भाषाविज्ञानमा वर्णोच्चारण र वर्णविन्यासको अहं भूमिका विषयक गोष्ठी सम्पन्न गरेको छ ।नीलकण्ठ नगरपालिका भित्रका विद्यालय, क्याम्पसमा नेपाली विषय अध्यापन गराउनुहुने शिक्षकहरु, नगरपालिकाभित्र रहेका १४ वटै वडा कार्यालयका कर्मचारी तथा धादिङमा कार्यरत पत्रकारहरुलाई लक्षित गरी सञ्चालन गरिएको यस गोष्ठीमा ७६ जनाको सहभागिता रहेको थियो । कार्तिक २३ र २४ गते धादिङबेंसीस्थित नीलकण्ठ बहुमुखी क्याम्पसको हलमा भएको यस गोष्ठीमा नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक बिश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो भने नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुबेदीको विशेष आतिथ्यता थियो । भाषाविद्, व्याकरणकार एवं कवि गाउँले बलदेव अधिकारीले प्रशिक्षण गराउनुभएको यस गोष्ठीमा अतिथिहरुमा बासुदेव लम्साल, पत्रकार महासंघ धादिङका सभापति राजाराम शर्मा हुनुहुन्थ्यो । कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि बिश्वकर्माले नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आफ्नो स्थापनाको छोटो समयमा निकै प्रभावकारी कार्यक्रमहरु आयोजना गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै थप कार्यक्रमहरु अघि बढाउन आग्रह गर्नुभयो । साथै सभ्यता र समृद्धिमा नेपाली भाषाको शुद्ध प्रयोगले देशको एकता र पहिचानले उचाइ प्राप्त गर्ने र सोका लागि सबै सहभागीहरुले आफ्नो कार्यक्षेत्रमा सही तवरबाट यसको प्रयोगमा जुट्नुपर्ने धारणा समेत राख्नुभयो । प्रमुख प्रशासकीय अधिकृत सुबेदीले भाषाको गलत प्रयोगले कार्यालयहरुको कार्य सम्पादनमा प्रश्न उठिरहेको हालको सन्दर्भमा यस कार्यक्रमले मार्गदर्शन गर्ने धारणा राख्नुभयो । शुभकामना मन्तव्यका क्रममा अतिथि राजाराम शर्माले भाषाको प्रयोगका सन्दर्भमा सञ्चारकर्मीले समेत धेरै ठाउँमा सच्चिन आवश्यक रहेको र यस गोष्ठीले कार्य क्षमतामा थप सक्षमता बृद्धि गराउने विश्वास समेत लिनुभयो ।
गोष्ठीमा सहभागी सबैलाई स्टेशनरी उपलब्ध गराइएको थियो साथै प्रशिक्षणका क्रममा अध्ययन सामग्री फोटोकपी गरी वितरण गरिएको थियो । स्लाइड सो मार्फत् अन्तरक्रियात्मक रुपमा चलेको यस गोष्ठीमा प्रशिक्षकले उदाहरणहरु प्रस्तुत गरी सहभागीहरुको जिज्ञासा सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको समापनमा विशेष अतिथि नीलकण्ठ बहुमुखी क्याम्सपका क्याम्पस प्रमुख नवराज शर्माले प्रतिष्ठानका गतिविधिहरु निकै प्रभावकारी रहेको र यसले हाम्रो कक्षाकोठाभित्र र बाहिर सबैतिर भाषाका अपचलनहरुमा क्रमश सुधार आउने समेत विश्वास रहेको धारणा राख्नुभयो ।
सबै सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै प्रमुख अतिथि उप मेयर दिपक बिश्वकर्माले सबैलाई शुद्ध भाषिक प्रयोगको शुभकामना दिनुभयो । गोष्ठी नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालको सभापतित्वमा सञ्चालन भएको थियो ।
नीलकण्ठ प्रज्ञा प्रतिष्ठान अध्ययन भ्रमण २०८०
भ्रमणको उद्देश्य
नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका अन्तर्गत रहेका प्रज्ञा प्रतिष्ठानहरुका असल अभ्यासहरु अध्ययन गर्ने, प्रतिष्ठान सञ्चालनका क्रममा आइपरेका चुनौतिहरुको प्रकृति पहिचान गर्ने तथा आपसी समन्वय र सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्यहरु राखी नीलकण्ठ प्रज्ञा प्रतिष्ठान अध्ययन भ्रमण २०८० आयोजना गरेको थियो ।
भ्रमणको क्रियाकलाप
नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आफ्नो वार्षिक कार्ययोजना अनुरुप तय गरेको प्राज्ञिक अध्ययन भ्रमण २०८० सम्पन्न गरेको छ । नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका कार्यसमितिका पदाधिकारीहरुको यस भ्रमण प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालले नेतृत्व गर्नुभएको थियो । नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुबेदीको सहभागिता र उपस्थितिले भ्रमणको थप गरिमा बढाएको थियो । २०८० साल कार्तिक १७ गते गरिएको यस भ्रमणका क्रममा पवित्र तीर्थस्थल देवघाटधाम गयौं र प्राध्यापक डा. गुरुप्रसाद सुबेदीको प्रज्ञा र यसको प्रवद्र्धनका आयामहरु विषयक प्रवचन श्रवण गर्ने अहोभाग्य प्राप्त गर्यौं ।
बिहानको १०ः३० बजे हामी भरतपुर महानगरपालिका अन्तर्गत रहेको भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान पुगी पूर्व निर्धारित कार्यक्रम अनुसार अन्तरक्रिया कार्यक्रममा सहभागी भयौं । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब बालकृष्ण थपलियाले भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका स्थापनादेखि हालसम्मका सम्पूर्ण प्रक्रिया, सम्पन्न गतिविधि र आगामी दिनका कार्ययोजनाहरु प्रस्तुत गर्नुभयो । त्यसैगरी नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका तर्फबाट सदस्य सचिब प्रकाश पौडेलले यसका विधानत रहेका प्रावधानहरु, यसले सम्पादन गरिसकेका कार्यहरु र आगामी दिनका यसका योजनाहरु प्रस्तुत गर्नुभयो । प्रस्तुति पश्चात् सहभागीहरुले प्रतिष्ठानले ध्यान दिनुपर्ने क्षेत्रहरु र यसका चुनौतिहरुका सन्दर्भमा छलफल गर्नुभयो । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेका अध्ययन सामग्रीहरु नीलकण्ठ प्रज्ञा प्रतिष्ठानलाई प्रदान गर्नुभयो साथै कवि र लेखकहरुले आफ्ना प्रकाशित कृतिहरु एक आपसमा आदानप्रदान समेत गर्नुभयो । यस कार्यक्रममा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका तर्फबाट सदस्य सचिब बालकृष्ण थपलिया, प्रा.डा. कर्णबहादुर बाँनिया, जगन्नाथ पण्डित, केदारनाथ खनाल, शशि किरण रेग्मी, उषा तिवारी, अमृता रामदाम, किसानप्रेमी लगायतको उपस्थिति रहेको थियो । नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको तर्फबाट अध्यक्ष बद्रीप्रसाद दाहाल, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुबेदी, कोषाध्यक्ष रीता थापा मगर, सदस्यहरु बिनोदमान श्रेष्ठ, काशिका अर्याल अधिकारी, हरि बहादुर सुनार र सदस्य सचिब प्रकाश पौडेलको सहभागिता रहेको थियो ।
सोहि दिन दिउँसो १ बजे हाम्रो अध्ययन टोली गैंडाकोट नगरपालिका अन्तर्गत रहेको गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठान पुगी दुबै प्रतिष्ठानहरुका अवस्था, गतिविधि र योजनाहरु आदानप्रदान गर्यौं । गैंडाकोट नगरपालिकाका नगर प्रमुख तथा गैंडाकोट प्रज्ञा प्रतिष्ठानका कुलपति मदनभक्त अधिकारी, उपकुलपति गोविन्दराज बिनोदी, सदस्य सचिब भीम प्रसाद शर्मा, सल्लाहकार इन्द्रराज पौडेल, प्रतिष्ठानकी संस्कृति विभाग संयोजक राधा पाण्डे, परिषद् सदस्य मुना धनन्जय, परिषद् सदस्य अमर बिरही गुरुङ, नगर शिक्षा सदस्य विष्णुमाया पन्थी लगायतको स्वागत र सक्रिय अन्तरक्रियाले हामीलाई अध्ययनको राम्रो वातावरण प्राप्त भयो । सहभागीहरुले आफ्ना रचनाहरु समेत प्रस्तुत गर्नुभएको थियो ।
भ्रमणबाट नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले सिकेका मुख्य विषयहरु
क) प्रज्ञा प्रतिष्ठानको छलफल र अन्तरक्रिया समेत गर्न हल समेत रहेको कार्यालय व्यवस्थापन भएको
ख) भरतपुर महानगरले प्रज्ञा प्रतिष्ठानको दैनिक कार्य सञ्चालन गर्न कर्मचारीका रुपमा सदस्य सचिबलाई नै व्यवस्था गरेको
ग) भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले आफ्ना गतिविधि, समग्र चितवन र महानगरको साहित्यिक र साँस्कृतिक अवस्था समेत समेटेर महानगर साहित्य दर्पण भाग १ र २ साथै भरतपुर प्रज्ञा समेत प्रकाशित गरिसकेको
घ) अन्य साहित्यिक र साँस्कृतिक संघसंस्थाहरुसँग सहकार्य गरी कार्य गर्दै आएको
ङ) अग्रज स्रष्टाहरुको आपसी सद्भाव र सहकार्य अनुकरणीय रहेको
च) प्रज्ञा प्रतिष्ठानले विभागहरु समेत गठन गरी कार्य विभाजन सहित अघि बढेको
छ) प्रज्ञा प्रतिष्ठानले पुरस्कार, सम्मान र प्रोत्साहनका कार्यक्रमहरु अघि बढाएको
ज) गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानले प्रत्येक घरमा पुस्तकालय वा कलाकृति सजाउने डिजाइन सहितको घरको इन्जिनियरिङको व्यवस्था गर्ने प्रावधान बनाएको
झ) दुबै प्रतिष्ठानले प्राज्ञिक कार्य र अभ्यासलाई महत्व दिएको र राम्रो बार्षिक बजेटको व्यवस्था गरेको ।
निष्कर्ष
भ्रमण सिकाइका हिसाबले निकै अर्थपूर्ण रह्यो । यस भ्रमणले हामीलाई कार्यक्रम र गतिविधिहरु सम्पादन गर्ने मार्गदर्शन प्राप्त भयो साथै आगामी दिनमा आफ्ना प्रकाशन लयायतका सिर्जनाहरु अघि बढाउन नैतिक दबाब पनि बढाएको छ ।
नीलकण्ठ नगरपालिकाभित्र रहेका भाषा, साहित्य, कला, सङ्गीत, संस्कृति, ज्ञानविज्ञान, प्रविधि समाजशास्त्र र दर्शनशास्त्रको सम्वद्र्धन, विस्तार र विकास गरी यसको बहुलतालाई सवलीकरण गर्न तथा यस नगरपालिकाभित्र रहेका सम्पदाहरुको अध्ययन, अन्वेषण गर्न, मौलिकता बनाउने उचित वातावरणको सिर्जना गर्न, विद्वान एवम् प्रतिभाहरुको सम्मान गर्न, सिर्जनात्मक र रचनात्मक कार्यमा सहभागिता बढाउन गतिविधिहरु सञ्चालन गर्न नीलकण्ठ नगरपालिकाद्वारा स्थापना गरिएको नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आफ्नो परिषद्को पहिलो बैठक २०८० साल असार ३० गते सम्पन्न गरेको छ । नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालको अध्यक्षतामा बसेको उक्त बैठकको प्रमुख आतिथ्यता यस प्रतिष्ठानका मानार्थ सदस्य प्रा.डा. रामचन्द्र लम्सालले गर्नुभएको थियो भने नीलकण्ठ नगरपालिकाका नगरप्रमुख एवम् नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका संरक्षक भीमप्रसाद ढुंगानाले विशिष्ट आतिथ्यता लिनुभएको थियो । नीलकण्ठ प्रज्ञा प्रतिष्ठान ऐन, २०७९ अनुरुप साधारण, संस्थागत (पदेन), मानार्थ र आजीवन गरी चार प्रकारका सदस्यहरु रहने र ती सबै नीलकण्ठ प्रज्ञा परिषद्को सदस्य रहने प्रावधान रहेको छ । पहिलो परिषद्मा कुल २८ जना सदस्यहरु सहभागि हुनुहुन्थ्यो जसमा साधारण, पदेन र मानार्थ सदस्यहरु रहनु भएको थियो ।
पानसमा दियो प्रज्वलन गरी शुभारम्भ गरिएको यस कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्तीको अवसरमा स्रष्टा भगवती उप्रेती, डा. रामहरि लम्साल, साहित्यकार हरि खनाल, प्रा. रामहरि दाहाल, प्रा.डा. रामचन्द्र लम्सालले रचना वाचन गरी भानुभक्तको योगदानको चर्चा गर्नुभएको थियो ।
यस प्रतिष्ठानका उपाध्यक्ष डा. गणेश प्रसाद धमलाले सबै सहभागीहरुलाई स्वागत मन्तव्य राख्नुभएपछि सदस्य सचिब प्रकाश पौडेलले आर्थिक वर्ष २०७९।८० मा सम्पन्न गरिएका कार्यक्रमहरु, अबको आर्थिक वर्ष २०८०।८१ का लागि नीति, कार्यक्रमहरु समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उपस्थित प्राज्ञ सदस्यहरुबाट प्रतिवेदनलाई थप पुष्ट बनाउन बस्तुगत र विशिष्टिकरण गरिएका नीति र कार्यक्रमहरु राख्नुभयो । विधागत विषयहरु धेरै रहेको अवस्थामा सबै क्षेत्रलाई समन्यायिक हुने गरी कार्यक्रम र गतिविधिहरु अघि बढाउनुपर्ने र सोका लागि प्रदेश सरकार लगायत संघीय सरकारका निकायहरुमा समेत परियोजनासहित पहँुच विस्तार गर्नुपर्नेमा सबै सहभागीहरु एकमत रहनुभयो । बालसाहित्य र शाास्त्रीय सङ्गीतका विषय प्रतिवेदनमा थप विस्तार गरी नयाँपुस्ता केन्द्रित कार्यक्रमहरुमा जोड दिइनुपर्ने सुझाउनुभयो ।
नगरप्रमुखले समग्र स्रष्टा, प्राज्ञहरुलाई आफ्नो जन्मभूमिका लागि गरिने योगदानमुखी कार्यक्रममा नगरपालिका सदैव सहयोगी रहने र उहाँहरुको विज्ञतामा आफु जहिल्यै कृतज्ञ रहेको बताउनुभयो । हाम्रा मौलिक सम्पदाहरुको संरक्षण गर्दै रचनात्मकताको श्रीबृद्धिमा एकजुट भएर लाग्ने प्रतिवद्धतासहित पहिलो परिषद् सम्पन्न भएको छ ।
नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले मिति २०८० जेठ ६, १३ र १५ गते गरी तीन दिन नगरपालिकाभित्रका कक्षा ६ र ८ का विद्यार्थीहरुलाई केन्द्रित गरी चित्रकला प्रशिक्षण कार्यक्रम नीलकण्ठ विद्यालयको हलमा सञ्चालन गर्यो । प्रशिक्षक चित्रकार जगत तामाङद्वारा चलाइएको तालिममा विभिन्न विद्यालयका ३५ जना विद्यार्थीहरुले भाग लिनुभएको थियो । त्यसैगरी कक्षा ९ र १० का विद्यार्थीहरुलाई छन्द कविता प्रशिक्षण नीलकण्ठ बहुमुखी क्याम्पसको हलमा सञ्चालन गर्यो । छन्द कविता प्रशिक्षण जेठ १३ र १५ गरी दुई दिन चलेको थियो । प्रशिक्षकहरुमा बद्रीप्रसाद दाहाल र सृजना अर्याल अधिकारी हुनुहुन्थ्यो । १५ गते सम्पन्न गरिएको दुबै कार्यक्रमको समापनमा नीलकण्ठ नगरपालिकाका उप प्रमुख दीपक विश्वकर्माको प्रमुख आतिथ्यथा रहेको थियो । सबै सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नारायण प्रसाद वाग्ले, नीलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज शर्मा, नीलकण्ठ माध्यमिक विद्यालयको प्रधानाध्यापक धु्रब अधिकारी आतिथ्यथा रहेको थियो ।
नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले मिति २०८० साल बैशाख २४ गते नीलकण्ठ नगरपालिकाभित्रका विशिष्ट सर्जक, साहित्यकार र कलाकारहरुमध्ये चार जना विशिष्ट सर्जकहरुलाई अभिनन्दन कार्यक्रम आयोजना गर्यो । नगरपालिकाको विपद् व्यवस्थापनको हलमा भएको कार्यक्रममा माननीय न्यायधीश ज्ञाइन्द्रबहादुर श्रेष्ठ, प्राध्यापक डाक्टर रामचन्द्र लम्साल, मदन प्ुरस्कार विजेता डाक्टर नवराज लम्साल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरलाई एक विशेष समारोहका बीच नगरप्रमुख भीमप्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा अभिनन्दन गरियो । अभिनन्दन पत्र, दोशल्ला, माला र नगद रकम सहित सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा सोह्रघरको सोरठी प्रस्तुत गरिएको थियो भने नेपाल कुमाल समुदाय धादिङका अध्यक्ष दान बहादुर कुमालले कुमालहरुको एक परिचय राख्नुभएको थियो । राष्ट्रिय लोक दोहोरी गायक कृष्ण रेउले, गायिका नारायणी खत्री र रितु तामाङहरुले पनि साँस्कृतिक प्रस्तुतीमार्फत मनोरञ्जन प्रदान गर्नुभएको सो कार्यक्रममा चित्र, कविता र निवन्धका क्षेत्रहरुमा उत्कृष्टता हासिल गर्ने पुरस्कृत भाइबहिनीहरुलाई पुरस्कार वितरण सहित सम्मान गरिएको थियो ।
नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले मिति २०७९ फागुन २० गते नगरपालिकाभित्रका कक्षा ६ र ७ का विद्यार्थीहरुबीच चित्रकला प्रतियोगिता, कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुबीच कविता प्रतियोगिता र कक्षा ११ र १२ का विद्यार्थीहरुबीच निवन्ध प्रतियोगिता नीलकण्ठ नगरपालिका वडा नं.४ मा अवस्थित चिल्ड्रेनपार्क आवासीय विद्यालयमा आयोजना गर्यो । उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई हाम्रो वातावरण शीर्षक दिएर दुई घण्टा समयमा चित्र बनाउन लगाइयो । सहभागीहरुलाई चित्र बनाउन आवश्यक सबै सामग्री उपलब्ध गराएर बिहानको साढे ११ बजे सुरुवात गरियो । त्यसैगरी विविधतायुत्त हाम्रो नीलकण्ठ नगरपालिका शीर्षकमा दुई घण्टाको समय उपलब्ध गराई निवन्ध लेखन गराइयो । सहभागी विद्यार्थीहरुका रचनाहरुलाई कोडिङ र डिकोडिङ गरी निर्णायकहरुलाई उपलब्ध गराइयो । कविता प्रतियोगितामा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुबीच कविता लेखेर अध्ययनरत विद्यालयको प्रधानाध्यापक, नेपाली शिक्षक र विद्यार्थी स्वयम्को हस्ताक्षर गराई मागिएको थियो जसमा दस उत्कृष्ट कविताहरु निर्णायक मण्डलबाट छनोट गरियो । ती छनोटमा परेका सहभागी विद्यार्थीहरुलाई आफ्ना कविताहरु प्रस्तुत गर्न समेत लगाइयो । ती दुबैतर्फको अंकका आधारमा अन्तिम नतिजा प्रकाशन गरियो । विजयी विद्यार्थीहरुलाई स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोहकाबीच प्रमाणपत्र, खादा, माला र नगद सहित सम्मान र पुरस्कृत गरियो । नगद पुरस्कार प्रथम हुनेलाई रु ५ हजार, द्वितीय हुनेलाई रु ४ हजार, तृतीय हुनेलाई रु ३ हजार र सान्त्वना स्थान हासिल गर्नेलाई रु २ हजार प्रदान गरिएको थियो । साथै विभिन्न विधा अन्तर्गत विजयी स्थान हासिल गर्ने विद्यालयहरुलाई प्रशंसा पत्रमार्फत बधाई दिइएको थियो ।
नीलकण्ठ नगरपालिका नगरकार्यपालिकाको निर्णयअनुसार गठित नीलकण्ठ प्रज्ञा प्रतिष्ठान नगरभित्रको भाषा, साहित्य, सङ्गीत, कला, संस्कृति, समाजशास्त्र, दर्शनशास्त्र, ज्ञान, विज्ञान र प्रविधिको संरक्षण, सम्वर्धन तथा प्रवद्र्धका निम्ति काम गर्ने एक प्राज्ञिक संस्था भएको र यस प्रतिष्ठानले कसरी आफ्ना गतिविधिहरु अगाडि बढाउनु पर्दछ भनी रचनात्मक सल्लाह र सुझाब ग्रहण गर्ने उद्देश्यले मिति २०७९ साल फागुन ११ गते नीलकण्ठ नगरपालिकाको विपद् व्यवस्थापनको हलमा परामर्श तथा सुझाब सङ्कलन कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा सिर्जनाकर्मी, सामाजिक अभियन्ताहरुलाई आमन्त्रण गरिएको थियो । सो कार्यक्रममा विभिन्न क्षेत्रका ११ जना व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उहाँहरुबाट प्राप्त सुझाबहरुलाई लिखितरुपमा सङ्कला गर्ने काम समेत गरियो ।