नीलकण्ठ प्रज्ञा प्रतिष्ठान अध्ययन भ्रमण २०८०
भ्रमणको उद्देश्य
नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका अन्तर्गत रहेका प्रज्ञा प्रतिष्ठानहरुका असल अभ्यासहरु अध्ययन गर्ने, प्रतिष्ठान सञ्चालनका क्रममा आइपरेका चुनौतिहरुको प्रकृति पहिचान गर्ने तथा आपसी समन्वय र सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्यहरु राखी नीलकण्ठ प्रज्ञा प्रतिष्ठान अध्ययन भ्रमण २०८० आयोजना गरेको थियो ।
भ्रमणको क्रियाकलाप
नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आफ्नो वार्षिक कार्ययोजना अनुरुप तय गरेको प्राज्ञिक अध्ययन भ्रमण २०८० सम्पन्न गरेको छ । नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका कार्यसमितिका पदाधिकारीहरुको यस भ्रमण प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालले नेतृत्व गर्नुभएको थियो । नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुबेदीको सहभागिता र उपस्थितिले भ्रमणको थप गरिमा बढाएको थियो । २०८० साल कार्तिक १७ गते गरिएको यस भ्रमणका क्रममा पवित्र तीर्थस्थल देवघाटधाम गयौं र प्राध्यापक डा. गुरुप्रसाद सुबेदीको प्रज्ञा र यसको प्रवद्र्धनका आयामहरु विषयक प्रवचन श्रवण गर्ने अहोभाग्य प्राप्त गर्यौं ।
बिहानको १०ः३० बजे हामी भरतपुर महानगरपालिका अन्तर्गत रहेको भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान पुगी पूर्व निर्धारित कार्यक्रम अनुसार अन्तरक्रिया कार्यक्रममा सहभागी भयौं । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब बालकृष्ण थपलियाले भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका स्थापनादेखि हालसम्मका सम्पूर्ण प्रक्रिया, सम्पन्न गतिविधि र आगामी दिनका कार्ययोजनाहरु प्रस्तुत गर्नुभयो । त्यसैगरी नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका तर्फबाट सदस्य सचिब प्रकाश पौडेलले यसका विधानत रहेका प्रावधानहरु, यसले सम्पादन गरिसकेका कार्यहरु र आगामी दिनका यसका योजनाहरु प्रस्तुत गर्नुभयो । प्रस्तुति पश्चात् सहभागीहरुले प्रतिष्ठानले ध्यान दिनुपर्ने क्षेत्रहरु र यसका चुनौतिहरुका सन्दर्भमा छलफल गर्नुभयो । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेका अध्ययन सामग्रीहरु नीलकण्ठ प्रज्ञा प्रतिष्ठानलाई प्रदान गर्नुभयो साथै कवि र लेखकहरुले आफ्ना प्रकाशित कृतिहरु एक आपसमा आदानप्रदान समेत गर्नुभयो । यस कार्यक्रममा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका तर्फबाट सदस्य सचिब बालकृष्ण थपलिया, प्रा.डा. कर्णबहादुर बाँनिया, जगन्नाथ पण्डित, केदारनाथ खनाल, शशि किरण रेग्मी, उषा तिवारी, अमृता रामदाम, किसानप्रेमी लगायतको उपस्थिति रहेको थियो । नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको तर्फबाट अध्यक्ष बद्रीप्रसाद दाहाल, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुबेदी, कोषाध्यक्ष रीता थापा मगर, सदस्यहरु बिनोदमान श्रेष्ठ, काशिका अर्याल अधिकारी, हरि बहादुर सुनार र सदस्य सचिब प्रकाश पौडेलको सहभागिता रहेको थियो ।
सोहि दिन दिउँसो १ बजे हाम्रो अध्ययन टोली गैंडाकोट नगरपालिका अन्तर्गत रहेको गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठान पुगी दुबै प्रतिष्ठानहरुका अवस्था, गतिविधि र योजनाहरु आदानप्रदान गर्यौं । गैंडाकोट नगरपालिकाका नगर प्रमुख तथा गैंडाकोट प्रज्ञा प्रतिष्ठानका कुलपति मदनभक्त अधिकारी, उपकुलपति गोविन्दराज बिनोदी, सदस्य सचिब भीम प्रसाद शर्मा, सल्लाहकार इन्द्रराज पौडेल, प्रतिष्ठानकी संस्कृति विभाग संयोजक राधा पाण्डे, परिषद् सदस्य मुना धनन्जय, परिषद् सदस्य अमर बिरही गुरुङ, नगर शिक्षा सदस्य विष्णुमाया पन्थी लगायतको स्वागत र सक्रिय अन्तरक्रियाले हामीलाई अध्ययनको राम्रो वातावरण प्राप्त भयो । सहभागीहरुले आफ्ना रचनाहरु समेत प्रस्तुत गर्नुभएको थियो ।
भ्रमणबाट नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले सिकेका मुख्य विषयहरु
क) प्रज्ञा प्रतिष्ठानको छलफल र अन्तरक्रिया समेत गर्न हल समेत रहेको कार्यालय व्यवस्थापन भएको
ख) भरतपुर महानगरले प्रज्ञा प्रतिष्ठानको दैनिक कार्य सञ्चालन गर्न कर्मचारीका रुपमा सदस्य सचिबलाई नै व्यवस्था गरेको
ग) भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले आफ्ना गतिविधि, समग्र चितवन र महानगरको साहित्यिक र साँस्कृतिक अवस्था समेत समेटेर महानगर साहित्य दर्पण भाग १ र २ साथै भरतपुर प्रज्ञा समेत प्रकाशित गरिसकेको
घ) अन्य साहित्यिक र साँस्कृतिक संघसंस्थाहरुसँग सहकार्य गरी कार्य गर्दै आएको
ङ) अग्रज स्रष्टाहरुको आपसी सद्भाव र सहकार्य अनुकरणीय रहेको
च) प्रज्ञा प्रतिष्ठानले विभागहरु समेत गठन गरी कार्य विभाजन सहित अघि बढेको
छ) प्रज्ञा प्रतिष्ठानले पुरस्कार, सम्मान र प्रोत्साहनका कार्यक्रमहरु अघि बढाएको
ज) गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानले प्रत्येक घरमा पुस्तकालय वा कलाकृति सजाउने डिजाइन सहितको घरको इन्जिनियरिङको व्यवस्था गर्ने प्रावधान बनाएको
झ) दुबै प्रतिष्ठानले प्राज्ञिक कार्य र अभ्यासलाई महत्व दिएको र राम्रो बार्षिक बजेटको व्यवस्था गरेको ।
निष्कर्ष
भ्रमण सिकाइका हिसाबले निकै अर्थपूर्ण रह्यो । यस भ्रमणले हामीलाई कार्यक्रम र गतिविधिहरु सम्पादन गर्ने मार्गदर्शन प्राप्त भयो साथै आगामी दिनमा आफ्ना प्रकाशन लयायतका सिर्जनाहरु अघि बढाउन नैतिक दबाब पनि बढाएको छ ।