नीलकण्ठ प्रज्ञा प्रतिष्ठान

Neelakantha Academy

नीलकण्ठ नगरपालिका, धादिङ

स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोह

Facebook
Twitter
LinkedIn

नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले मिति २०८० साल बैशाख २४ गते नीलकण्ठ नगरपालिकाभित्रका विशिष्ट सर्जक, साहित्यकार र कलाकारहरुमध्ये चार जना विशिष्ट सर्जकहरुलाई अभिनन्दन कार्यक्रम आयोजना गर्यो । नगरपालिकाको विपद् व्यवस्थापनको हलमा भएको कार्यक्रममा माननीय न्यायधीश ज्ञाइन्द्रबहादुर श्रेष्ठ, प्राध्यापक डाक्टर रामचन्द्र लम्साल, मदन प्ुरस्कार विजेता डाक्टर नवराज लम्साल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरलाई एक विशेष समारोहका बीच नगरप्रमुख भीमप्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा अभिनन्दन गरियो । अभिनन्दन पत्र, दोशल्ला, माला र नगद रकम सहित सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा सोह्रघरको सोरठी प्रस्तुत गरिएको थियो भने नेपाल कुमाल समुदाय धादिङका अध्यक्ष दान बहादुर कुमालले कुमालहरुको एक परिचय राख्नुभएको थियो । राष्ट्रिय लोक दोहोरी गायक कृष्ण रेउले, गायिका नारायणी खत्री र रितु तामाङहरुले पनि साँस्कृतिक प्रस्तुतीमार्फत मनोरञ्जन प्रदान गर्नुभएको सो कार्यक्रममा चित्र, कविता र निवन्धका क्षेत्रहरुमा उत्कृष्टता हासिल गर्ने पुरस्कृत भाइबहिनीहरुलाई पुरस्कार वितरण सहित सम्मान गरिएको थियो ।

 

समन्धित कार्यक्रम

वर्णोच्चारण र वर्णविन्यासमा आधारित दुईदिने गोष्ठी सम्पन्न
वर्णोच्चारण र वर्णविन्यासमा आधारित दुईदिने गोष्ठी सम्पन्न
नीलकण्ठ प्रज्ञा प्रतिष्ठान अध्ययन भ्रमण २०८०
नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको प्रथम परिषद्को बैठक सम्पन्न
तीन दिवसीय चित्रकला प्रशिक्षण तथा दुई दिवसीय छन्द कविता लेखन प्रशिक्षण
चित्रकला, कविता र निवन्ध प्रतियोगिताहरु