नीलकण्ठ नगरपालिका, धादिङ

वडाध्यक्षहरुसँग पत्राचार र सुझाब सङ्कलन कार्यक्रम

Facebook
Twitter
LinkedIn
नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले नगरभित्र रहेको १४ वटै वडाहरुको विवरण (भाषा, साहित्य, सङ्गीत, कला, संस्कृति, समाजशास्त्र, दर्शनशास्त्र, ज्ञान, विज्ञान र प्रविधिसमेतको) सङ्कलन गर्न, ती क्षेत्रहरुमा कार्यरत संघ संस्थाहरुको नाम र गतिविधि जम्मा गरेर सहयोग गरिदिनुहुन अनुरोध गर्दै टेलिफोन र पत्र दुबै माध्यमबाट सम्पर्क गरियो । पत्रको खाका यहाँ प्रस्तुत गरिएको छ ।
श्री……………..ज्यू,
वडाध्यक्ष वडा नं. ३, नीलकण्ठ नगरपालिका
धादिङ ।
विषय ः—सहयोग र समन्वयका लागि हार्दिक अनुरोध सम्बन्धमा ।
नीलकण्ठ नगरपालिका बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक सम्पदाले भरिपूर्ण नगरपालिका हो । यस नगरपालिकाभित्रका सबै भाषा, साहित्य, कला, सङ्गीत, संस्कृति, ज्ञान, विज्ञान, प्रविधि, दर्शनशास्त्र र समाजशास्त्रको उचित सम्वद्र्धन र आवश्यक विस्तार तथा विकास गर्नुपर्ने कुरालाई मनन गर्दै भाषा, साहित्य, कला, सङ्गीत, संस्कृति, ज्ञान, विज्ञान, प्रविधि, दर्शनशास्त्र तथा समाजशास्त्रको विमर्श, अनुसन्धान एवम् मौलिक सिर्जनाका माध्यमबाट नवप्रतिभाहरुको प्रवद्र्धन गर्न, समाजोपयोगी कृतिहरु तयार गर्न, गराउन र यस क्षेत्रका विद्वान, अभियन्ता तथा अन्वेषकको सम्मान तथा कदर गर्ने पवित्र उद्देश्य राखेर नगर सभाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) बमोजिम गठन गरेको एक स्वायत्त उत्तराधिकारवाला प्राज्ञिक संस्था नीलकण्ठ प्रज्ञा प्रतिष्ठान हो । यसले नगरपालिकाभित्रका १४ वटै वडामा रहेका भाषा, साहित्य, कला, सङ्गीत, संस्कृति, ज्ञानविज्ञान, प्रविधि, दर्शनशास्त्र र समाजशास्त्रको बस्तुगत अवस्थाको विवरण सङ्कलन गर्दछ, विश्लेषण गर्दछ र सोका आधारमा आवश्यक प्रवद्र्धन र संरक्षणका लागि योजनावद्ध ढङ्गले कार्यक्रम सञ्चालन गर्दछ । यस प्रतिष्ठानको सात सदस्यीय कार्यसमिति रहेको हुन्छ र साधारण, संस्थागत, मानाथ र आजीवन गरी चार प्रकारका सदस्यहरु चयन र बिस्तार गरी नीलकण्ठ प्रज्ञा परिषद् गठन गर्दछ र  परिषद्को बैठकमार्फत आफ्ना कार्यक्रमहरू बिस्तार गर्दछ । हाल यस प्रतिष्ठान प्रारम्भिक चरणमा छ । सदस्यता प्राप्तिका लागि निम्न प्रावधान रहेको छ ः–
 १. जिल्ला प्रशासन कार्यालय तथा नीलकण्ठ नगरपालिकामा विधिवत दर्ता भई नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको एक वा धेरै उद्देश्य र क्षेत्रहरूभित्र ( भाषा, साहित्य, कला, सङ्गीत, संस्कृति, ज्ञानविज्ञान, प्रविधि, दर्शनशास्त्र र समाजशास्त्र) रही कम्तीमा विगत ५ बर्षदेखि अविछिन्न कार्य गरिरहेका संस्थाहरू यस प्रतिष्ठानको संस्थागत सदस्यताका लागि आवेदन गर्न योग्य हुनेछन् ।
२ं यस प्रतिष्ठानको एक वा धेरै उद्देश्य र क्षेत्रहरूभित्र रही (भाषा, साहित्य, कला, सङ्गीत, संस्कृति, ज्ञानविज्ञान, प्रविधि, दर्शनशास्त्र र समाजशास्त्र) नीलकण्ठ नगरपालिका क्षेत्रमा जन्मी वा बसोवास गरी काम गरिरहेका र आफ्ना सिर्जना, अनुसन्धान र नवीनतम आविष्कार गरेका स्रष्टाहरुले परिषद्को साधारण सदस्यका लागि आवेदन गर्न सकिने प्रावधान रहेको छ । यसका लागि न्यूनतम उमेर १८ वर्ष पूरा भएको हुनुपर्नेछ ।
३. मानार्थ सदस्यको लागिे नीलकण्ठ नगरपालिका क्षेत्रमा जन्मी वा बसोवास गरी भाषा, साहित्य, सङ्गीत, कला, संस्कृति, दर्शनशास्त्र, समाजशास्त्र, ज्ञानविज्ञान र प्रविधिका क्षेत्रमा विशेष उल्लेखनीय योगदान पु¥याएका सम्मानयोग्य व्यक्ति वा राज्यबाट सम्मानित व्यक्तिहरुलाई सम्मानार्थ प्रदान गरिन्छ ।
त्यसैले नीलकण्ठ प्रज्ञा प्रतिष्ठान यहाँको सल्लाह, सुझाबसहित समन्वय र सहकार्यका लागि सविनय अनुरोध गर्दछ । विशेषगरी तपाईको वडाभित्र संस्थागत सदस्यताका लागि उपयुक्त रहेका संस्थाहरुको विवरण र साधारण तथा मानार्थ सदस्यहरूका लागि उपयुक्त व्यक्तिहरूको सूची हामीलाई २०८० साल बैशाख २० गतेभित्र उपलब्ध गराई अघि बढ्न सहयोग गरिदिनुहुन तपाईमार्फत वडा कार्यालय समक्ष विनम्र अनुरोध गर्दछौं । साथै यस प्रतिष्ठानबाट प्रकाशित र प्रसारित भईरहने सूचना र कार्यक्रमहरू पनि यहाँको वडा कार्यालयको सूचना पाटी लगायत सार्वजनिक स्थलहरूमा टाँस गराई हाम्रो प्रचारप्रसार कार्यमा सहयोग पु¥याईदिनु हुनेछ भन्ने समेत अपेक्षा सहित विनम्र अनुरोध गर्दछौं  ।
(सम्पर्कका निम्ति ः– ९८५११९०५३०)
प्रकाश पौडेल (सदस्य सचिब)

समन्धित कार्यक्रम

पुरस्कार एवं सम्मान कार्यक्रम
धादिङबेंसीमा नेपाली समाज र संस्कृतिको संरचना विषयक विद्वत् गोष्ठी सम्पन्न
विहङ्गम दृष्टिमा ‘प्रज्ञा–प्रवाह’ डा. रामहरि शर्मा लम्साल
वर्णोच्चारण र वर्णविन्यासमा आधारित दुईदिने गोष्ठी सम्पन्न
वर्णोच्चारण र वर्णविन्यासमा आधारित दुईदिने गोष्ठी सम्पन्न
नीलकण्ठ प्रज्ञा प्रतिष्ठान अध्ययन भ्रमण २०८०