नीलकण्ठ प्रज्ञा प्रतिष्ठान

Neelakantha Academy

नीलकण्ठ नगरपालिका, धादिङ

चित्रकला, कविता र निवन्ध प्रतियोगिताहरु

Facebook
Twitter
LinkedIn

नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले मिति २०७९ फागुन २० गते नगरपालिकाभित्रका कक्षा ६ र ७ का विद्यार्थीहरुबीच चित्रकला प्रतियोगिता, कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुबीच कविता प्रतियोगिता र कक्षा ११ र १२ का विद्यार्थीहरुबीच निवन्ध प्रतियोगिता नीलकण्ठ नगरपालिका वडा नं.४ मा अवस्थित चिल्ड्रेनपार्क आवासीय विद्यालयमा आयोजना गर्यो । उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई हाम्रो वातावरण शीर्षक दिएर दुई घण्टा समयमा चित्र बनाउन लगाइयो । सहभागीहरुलाई चित्र बनाउन आवश्यक सबै सामग्री उपलब्ध गराएर बिहानको साढे ११ बजे सुरुवात गरियो । त्यसैगरी विविधतायुत्त हाम्रो नीलकण्ठ नगरपालिका शीर्षकमा दुई घण्टाको समय उपलब्ध गराई निवन्ध लेखन गराइयो । सहभागी विद्यार्थीहरुका रचनाहरुलाई कोडिङ र डिकोडिङ गरी निर्णायकहरुलाई उपलब्ध गराइयो । कविता प्रतियोगितामा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुबीच कविता लेखेर अध्ययनरत विद्यालयको प्रधानाध्यापक, नेपाली शिक्षक र विद्यार्थी स्वयम्को हस्ताक्षर गराई मागिएको थियो जसमा दस उत्कृष्ट कविताहरु निर्णायक मण्डलबाट छनोट गरियो । ती छनोटमा परेका सहभागी विद्यार्थीहरुलाई आफ्ना कविताहरु प्रस्तुत गर्न समेत लगाइयो । ती दुबैतर्फको अंकका आधारमा अन्तिम नतिजा प्रकाशन गरियो । विजयी विद्यार्थीहरुलाई स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोहकाबीच प्रमाणपत्र, खादा, माला र नगद सहित सम्मान र पुरस्कृत गरियो । नगद पुरस्कार प्रथम हुनेलाई रु ५ हजार, द्वितीय हुनेलाई रु ४ हजार, तृतीय हुनेलाई रु ३ हजार र सान्त्वना स्थान हासिल गर्नेलाई रु २ हजार प्रदान गरिएको थियो । साथै विभिन्न विधा अन्तर्गत विजयी स्थान हासिल गर्ने विद्यालयहरुलाई प्रशंसा पत्रमार्फत बधाई दिइएको थियो ।

समन्धित कार्यक्रम

वर्णोच्चारण र वर्णविन्यासमा आधारित दुईदिने गोष्ठी सम्पन्न
वर्णोच्चारण र वर्णविन्यासमा आधारित दुईदिने गोष्ठी सम्पन्न
नीलकण्ठ प्रज्ञा प्रतिष्ठान अध्ययन भ्रमण २०८०
नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको प्रथम परिषद्को बैठक सम्पन्न
तीन दिवसीय चित्रकला प्रशिक्षण तथा दुई दिवसीय छन्द कविता लेखन प्रशिक्षण
स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोह